तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।

“वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने जोखिम रहन्छ, नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छ, यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भनी हामी सबैले आत्मसात् गरौँ”, नेता कोइरालाले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button