स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा स्व. प्रकाश दाहाल स्मृति सातौँ अरनिको सैनिक कप २०८२ खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठान, काठमाडौँको मुख्य प्रायोजनमा अरनिको खेलकुद विकास समितिले प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगिताको उद्घाटन स्व. प्रकाश दाहालकी पत्नी तथा पूर्व मन्त्री बिना मगरले गर्नुभएको हो । समितिका अध्यक्ष सूर्य तामाङका अनुसार प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता पुस २३ गतेसम्म सञ्चालन हुने छ ।

आज भएको उद्घाटन खेलमा पुनर्वास ३ सेतोले वीरेन्द्र बाभ्रोलाई १–० ले पराजित गरेको छ । खेलको मध्यान्तरपछि १४ नम्बर जर्सीका खेलाडी सुवास सिंह ठकुरीले निर्णायक गोल गरेका थिए । भोलि मध्यान्ह १२ बजे अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेण्डस तथा दिउँसो ३ बजे सिद्धार्थ युवा क्लब (रातो) र सिंहपाल बेलौरीबिच खेल हुने सचिव जीवन तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्