तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । 

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद बापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदबापत रु ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ ।

यस्तै हुन्डी कारोबार गर्नेहरूबाट रु ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम रु ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरूबाट रु २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट रु दुई लाख ८७ हजार र अवैध पशुपक्षीको कारोबार गर्नेहरूबाट रु सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button