तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुग्नु भएको हो ।  उहाँको स्वास्थ्य अवस्था जोखिमयुक्त रहेको र उपचार जारी रहेको  पूर्वप्रम  खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button