सुनको मूल्यमा भारी वृद्धि
काठमाडौँ। आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रु पाँच हजार ५०० र चाँदीको मूल्य रु २० ले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा रु २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रु चार हजार २५५ पुगेको छ ।
छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसै गरी, चाँदीको मूल्य रु चार हजार २३५ थियो ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्