मच्छिन्द्र फुटबल क्लबद्वारा हिमालयन शेर्पा ६–१ पराजित
काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा हिमालयन शेर्पा क्लबलाई ६–१ ले हराएको छ ।
सोमबार भएको खेलमा शीर्ष स्थानको मछिन्द्रले सानदार प्रदर्शन गरेको छ । एकपक्षीय खेल खेलेको मछिन्द्रले शेर्पालाई कुनै मौका नै दिएन ।
जितसँगै मच्छिन्द्रले २३ खेलबाट ५२ अंक पुर्याएको छ । एक खेल कम खेलेको विभागीय टोली नेपाल पुलिसको ४९ अंक छ ।
सोमबार नै भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई जावलाखेल युथ क्लबले ४–२ गोलले हरायो । जावलाखेलको जितमा विशाल शाहीले ह्याट्रिक गरे । उनले खेलको ४५, ५४ र ८१ औँ मिनेटमा गोल गरेका थिए । एक गोल सुमित वाइवाको नाममा रह्यो । यता, सातदोबाटोको लागि एरिस खत्रीले एक गोल फर्काएका थिए ।








प्रतिक्रिया राख्नुहोस्