तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशसभाका सभामुख यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको तेस्रो सभामुखको रूपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले आज जनकपुरधाममा एक  समारोहबीच यादवलाई सभामुख पदको शपथ गराउनुभएको हो । 

उहाँले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै उहाँको स्वागत गर्नुभएको थियो । 

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्णप्रसाद यादव, उपसभामुख बबिता राउत इसर, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । 

शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका  यादवले यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर प्रदेशसभामा सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button