केपीएल क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता सुरु हुने
काठमाडौँ । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो सातादेखि सुरु हुने भएको छ । कोशी प्राइड प्रालिको आयोजनामा प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने भएको हो ।
केपीएलका निर्देशक अफजल हुसैनले यस संस्करणमा सात टिम सहभागी हुने जानकारी दिनुभयो । नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स सहभागी हुनेछन् ।
प्रत्येक टिममा कम्तीमा ११ खेलाडी रहनेछन् । जसमा एक मार्की, एक ‘आइकोनिक’, राष्ट्रिय टिमबाट ‘ड्राफ्ट’ गरेर तीन खेलाडी लिइने छ । क्याटगोरी ‘ए’ मा तीन, क्याटगोरी ‘बी’ मा दुई र क्याटगोरी ‘सी’ मा एक खेलाडी अनिवार्य रहने व्यवस्था गरिएको छ । प्रतियोगिताको ‘अक्सन’ मिति चाँडै सार्वजनिक गरिने पनि जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्