दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन

नवलपरासी I दाउन्ने खण्डको काम ढिलाई नगरी चाँडो सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्देशन दिनुभएको छ ।
गएराती दाउन्ने खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माणाधीन बुटवल नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्डको काम जनवरी सम्म सक्न निर्देशन दिनुभएको हो ।
निर्माण कम्पनीले सो खण्डको कामलाई तीव्रताका साथ अघि बढाउने १० वटा समूह बनाएर जनवरी सम्म एकतर्फी कङ्क्रिट को काम सक्ने गरि निर्माण स्थलमा खटाउने प्रतिबद्धता जनाएको बताउँदै मन्त्री घिसिङले सहज रुपमा यातायात आउजाउ गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो ।
विगतको तुलनामा पछिल्लो समय कामले गति लिएपनी सन्तुष्ट हुने गरी काम नभएको उल्लेख गर्दै मन्त्री घिसिङले सरकारले यो सडकका विषयमा गर्नु पर्ने नीतिगत निर्णयहरू पनि यथासक्य गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्