तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु 

चितवन । भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–८ बस्ने ३२ वर्षीय अनिश नेपाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीबाट काठमाडौँतर्फ जाँदै रहेको प्रदेश २–०३–००१ ख ४४२७ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले मुग्लिनबाट जुगेडीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नेपाल गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालको उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएकोमा शनिबार बिहान मृत्यु भएको हो ।

स्कुटर प्रहरी चौकी जुगेडीको नियन्त्रणमा रहेको र ट्रक तथा चालक धनुषाको धनुषाधाम नगरपालिका–६ बस्ने २४ वर्षीय रविन बल तामाङलाई जिल्ला प्रहरी कार्यालय, चितवनले नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button