तपाईँ सुन्दै हुनुहुन्छः

 २१औँ लेखनाथ महोत्सव आजबाट सुरु हुँदै

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आजदेखि पोखरा तालचोक डाँडाकोनाकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव शुरु हुदैछ ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मुल नाराका साथ पुष १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३५ वटा स्टलहरू रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले बताउनुभयो ।

महोत्सवलाई गृह लक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट, हेटौडा डेरी र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button