मधेश प्रदेश सभाको बैठक भोलीदेखि
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक भोलीदेखि शुरु हुने भएको छ ।
प्रदेश सभाको बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव बासु कोइरालाले जानकारी दिनुभएको हो ।
सात दलको सहमतिको आधारमा भोली बैठक बोलाइएको सचिवालयले जनाएको छ ।
प्रदेश सभाको यही पुस ४ गते बस्ने बैठकमा प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
यसैगरी मधेश प्रदेशका तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि रिक्त रहेको सभामुखको चयन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्