तपाईँ सुन्दै हुनुहुन्छः

बकैया–७ अँधेरीमा ट्र्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २२ घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटना ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया–७ अँधेरीका अन्दाजी ५५ वर्षका केशव माझी, सोही स्थानका अन्दाजी ५५ वर्षका युवराज माझी र अन्दाजी ४५ वर्षका सन्तलाल माझी रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरूको चुरे हिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button