तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

तेल अवीव । गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ ।

जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दा र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहन्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रसँगको विभाजन पर्खाल माथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखाना भित्र लुकेका २५ जना अवैध बासिन्दालाई पक्राउ गरेको थियो ।

यसै गरी उत्तर र तटीय क्षेत्रमा १८ जना अवैध बासिन्दा र ११ जना सहयोगी संदिग्धलाई पक्राउ गरिएको छ । दक्षिणी क्षेत्रमा ५७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार संदिग्धलाई पक्राउ गरिएको छ भने केन्द्रीय क्षेत्रमा ४७ जना अवैध बासिन्दा र सहयोग गर्ने चार संदिग्धलाई पक्राउ गरिएको छ । रासस/एएनआई  

प्रतिक्रिया राख्नुहोस्

Back to top button