एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बन्नुभएका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उहाँले उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिनुभएको थियो ।
खुला केन्द्रीय सदस्य पदका लागि दिएको उहाँको उम्मेदवारी भने कायमै छ ।
एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदै छ ।








प्रतिक्रिया राख्नुहोस्