तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल : उपाधि भिडन्तमा टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा  सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । 

पहिलो पटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् ।

यो संस्करणको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर सिधै फाइनल पुगेको हो । सुदूरपश्चिमको एनपिएलको फाइनमा दोस्रो पटक पुगेको हो । 

पहिलो संस्करणमा सुदूरपश्चिम फाइनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनी लायन्स भने पहिलो पटक प्लेअफ पुगेर फाइनलसम्मको यात्रा तय गरेको हो । 

सुदूरपश्चिमको प्लेइङ ११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे, दीपक बोहरा, विनोद भण्डारी, हेमन्त धाँमी, हरमित सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा छन् ।

त्यसैगरी, लुम्बिनी लायन्सको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेट किपर)र डार्सी शर्ट छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button