तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएलले सिंगो देशलाई एकताबद्ध गरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलले सिंगो देशलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश दिएको बताउनुभएको छ।

आज सामाजिक सञ्जालमार्फत शुभप्रभात सन्देश दिँदै कार्कीले एनपीएल फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले नेपाली समाजलाई जोड्ने काम गरेको उल्लेख गर्दै यस उत्सवले देशलाई ‘जिताएको र जगाएको’ प्रतिक्रिया दिनुभयो।

प्रधानमन्त्री कार्कीले सुरक्षा सम्बन्धी संशयहरूलाई चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम देश हो भन्ने सन्देश विश्वभर पुगेको उल्लेख गर्दै एनपीएललाई राष्ट्रिय गौरवको उत्सवका रूपमा व्याख्या गर्नुभयो।

उहाँले खेलकुदमार्फत सम्पूर्ण नेपालीलाई जोड्ने प्रयास सफल भएको भन्दै आयोजक, खेलाडी र समर्थक सबैलाई शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button