तपाईँ सुन्दै हुनुहुन्छः

एमाले ११औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने विद्या भण्डारीको अपेक्षा

काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ गर्दै सक्षम र दूरदृष्टियुक्त नेतृत्व जन्माउने विश्वास व्यक्त गर्नुभएकाे छ।

महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व, जिम्मेवार र देश–विदेशको परिवर्तित राजनीतिक परिस्थितिबारे सचेत रहेको उल्लेख गर्नुभएकाे छ। यस्तो अवस्थामा सम्पन्न हुन लागेको महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मूल्यहरूलाई व्यवहारमा उतार्दै पार्टीको आन्तरिक जीवनलाई थप लोकतान्त्रिक बनाउने उहाँको भनाइ छ।

उहाँले वर्तमान राजनीतिक अवस्था तरल रहेको उल्लेख गर्दै हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप प्रगतिका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ । साथै, मुलुक र जनताप्रति उत्तरदायी तथा दूरगामी निर्णयहरू गर्न यो महाधिवेशन सफल सावित होस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button