वीरगन्ज कारागारका एक कैदीको मृत्यु
वीरगञ्ज । वीरगन्ज कारागारका एक कैदीको आज उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगन्ज कारागारमा सवारी ज्यान मुद्दामा दोषी ठहर भई कैदी जीवन बिताइरहेका वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ३७ वर्षीय अनिल महतो आज दिउँसो अचानक बिरामी भई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा अपराह्न २ बजे उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिनुभयो ।
महतो पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको र आज उनको स्वास्थ्यमा अचानक समस्या आएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा लगेकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
सवारी ज्यान मुद्दामा अदालतबाट ३ वर्ष कैद सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला गरिएपछि वीरगन्ज कारागारमा उनी सजाय काट्दै आएका थिए । उनको कैद सजाय आउँदो चैत महिनामा सकिँदै थियो ।








प्रतिक्रिया राख्नुहोस्