तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञविहीन पशु सेवा विज्ञ केन्द्र 

बैतडी । बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक वर्षदेखि पशु चिकित्सकको दरबन्दी रिक्त छ । यसअघि करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मङ्सिरदेखि नै सो कार्यालयबाट गइसकेपछि हालसम्म पनि पदपूर्ति हुन सकेको छैन । 

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन । 

पशु चिकित्सक नहुँदा पशु स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानी दत्त पन्तले जानकारी दिनुभयो । 

पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब तथा शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको प्रमुख पन्तले बताउनुभयो । विज्ञ केन्द्र विज्ञविहीन अवस्थामा रहेको उहाँको भनाइ छ । 

यसै गरी जिल्लाबाट बाहिरिने खसी, बोका, भैँसी, राँगा निकासी पैठारीको लागि प्रमाणित गर्न नसकिएकोले चोरी निकासी गरी जिल्ला बाहिर पैठारी भइरहेको ज्ञान केन्द्रले जनाएको छ । 

पशु चिकित्सक सहित ७ जना प्राविधिकको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक जना पशु विकास अधिकृत र एक जना प्राविधिक गरी दुई जना मात्रै रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button