एनपीएल: सुदूरपश्चिमद्वारा विराटनगरलाई १४८ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको विजयी लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
लिग चरणको दुवै टोलीका लागि यो अन्तिम खेल हो। सुदूरपश्चिमले ६ खेलमा ६ जितसहित अपराजित छ। विराटनगरले समान ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोडेको छ।
दुवै टोली प्लेअफमा छनोट भइसकेका छन्।







प्रतिक्रिया राख्नुहोस्