तपाईँ सुन्दै हुनुहुन्छः

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

म्याग्दी I बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ । 

गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो ।  

आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार  नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ । भुइँमा चार मिटर चौडा र तीन मिटर अग्लो ‘कङ्क्रिट’ र त्यसमाथि ‘ग्याबिन’ पर्खाल पनि बनाइने छ  । आयोजना पूरा भएपछि कालीपुल क्षेत्रको बस्ती बाढीबाट जोगिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button