तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः शतकको सङ्ख्या २ र अर्धशतककाे सङ्ख्या २५ पुग्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा शतक हान्ने खेलाडीको सङ्ख्या २ पुगेको छ ।

पोखरा एभेन्जर्सका एडम रोसिङटनले आज  ५८ बलमा १०८ रन पूरा गरेसँगै शतकको सङ्ख्या २ पुगेको हो । साथै यसअघि एडमले अर्धशतक पूरा गरिसकेका छन् । 

कर्णालीका मार्क वाटले जारी प्रतियोगितामा पहिलो शतक प्रहार गरेका  थिए ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउस मात्रै शतक हिर्काउने खेलाडी थिए । उनले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दै १०४ रन बनाएका थिए । हालसम्म शतक हिर्काउने सबै विदेशी खेलाडी रहेका छन् । एडम रोसिङटन इङ्ग्ल्याण्ड, मार्क वाट स्कटल्याण्ड, आन्द्रिज गोउस अमेरिकी खेलाडी हुन् ।

त्यसैगरी एनपिएलमा अर्धशतक हान्ने खेलाडीको सङ्ख्या २५ पुगेको छ ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button