आइटिएफ जे३० टेनिस टुर पोखरामा जारी

पोखरा । पोखरामा जारी आइटिएफ जे३० वर्ल्ड टेनिस टुर ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मङ्गलवार सिंगल्स तथा डबल्सतर्फ नेपाल सहित ६ देशका खेलाडीहरू बिच रोमाञ्चकपूर्ण खेलहरू प्रदर्शन भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रंगशालाको टेनिस कोर्टमा मङ्गलवार नेपाल सहित भारतीय, चिनियाँ, कोरियाली, हङकङ र बङ्गलादेशी खेलाडी बीच दिनभर कडा प्रतिस्पर्धा भएको थियो ।
ब्वाइज सिंगल्सतर्फ प्रतीक शेओरन (भारत) ले राज बिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले पराजित गर्नुभयो । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै गर्नुभयो ।
ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराउनु भयो भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पन्छाउदैै प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनु भयो । शशाङ्क साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बङ्गलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गर्नुभयो । यस्तै गल्स सिंगल्समा ध्रुती गुन्डु (भारत) ले सातौँ वरीयताकी बोइदेही उकिल (न्यूजिल्यान्ड) लाई ६–४, ६–४ ले पन्छाउनु भयो ।
गल्र्स डबल्सतर्फ युनर ची (चीन) र नाला जोसेफिन मस्के (अमेरिका) को जोडीले आयेशा बग्ला र मेहा पाटिल (भारत) लाई ५–७, ६–३, १०–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
त्यस्तै शिवाली गुरुङ (नेपाल) र क–चिए हसु (ताइपेइ) ले उत्कृष्ट खेल प्रदर्शन गर्दै इभा खतिवडा (क्यानडा) र पूर्वा सिंह (भारत) लाई ६–१, ६–१ ले सहजै पराजित गर्नुभयो । अर्को खेलमा सौम्या चटर्जी र रञ्जना संग्राम (भारत) ले अक्षिता आनन्थारामन (बेलायत) र अरुणिमा रोय (भारत) लाई ६–४, ६–१ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्नुभयो ।
यसैगरी ब्वाइज डबल्समा शीर्ष वरीयताकृत जोडी शौनक चटर्जी (भारत) र रवर्ट डोल्या (सिङ्गापुर) ले गनुका फर्नाण्डो र रेहान गुणवर्धन (श्रीलंका) लाई ६–४, ३–६, १०–७ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्नुभयो ।
दोस्रो वरीयता प्राप्त ह्यो जिन हा र युल हो जुंग (दक्षिण कोरिया) ले मोहम्द आरिज खान र ओजस्वीर सिंह (भारत) लाई ६–४, ६–१ ले पराजित गर्नुभयो । क्युंग बिन आन (कोरिया) र दर्शिल श्रेष्ठ (नेपाल) ले अयन दहिया र शशाङ्क साई प्रसाद करणाटी (भारत) लाई ६–४, ६–३ ले हराउँदै अर्को चरणमा यात्रा तय गर्नुभयो ।
त्यस्तै खब्बो गयेन (बङ्गलादेश) र जियालियाङ गु (चीन) ले शास्वत बज्राचार्य र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–४ ले पराजित गर्दा तेस्रो वरीयताकृत जोडी यन्सुओ पान र जुनलिन सु (चीन) ले एमडी महद बिन मालिक र एमडी तनभिर (बङ्गलादेश) लाई ६–३, ६–२ ले सोझो सेटमा हराउन सफल हुनु भयो ।
नेपालका प्रणव मानन्धर र राज बिर प्रधानले उत्कृष्ट समन्वय सहित यश कुमार र हर्ष मरवाहा (भारत) लाई ६–३, ६–३ ले हराउनु भयो । आयुष्मान हजुर घले र सक्षम विक्रम शाह (नेपाल)ले पनि प्रभावकारी खेल प्रदर्शन गर्दै प्रतीक शेओरन र अनुज अभिजित तसिल्दार (भारत) लाई ७–६(२), ६–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गर्नुभयो ।
मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स/गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुने संघ कास्कीका सचिब भिष्मराज पौडेलले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्