नहरमा डुबेर महिलाको मृत्यु
वीरगंज । बारामा आज नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका बाडा नम्बर–२७ मा नहरमा जमेको पानीमा डुबेर स्थानीय ५० वर्षीया इन्दु देवी कोइरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घरबाट बिहान निस्किएकी इन्दु देवी कोइरी ३ घण्टा सम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए । सो क्रममा इन्दु देवीले लगाएको सल बरवा–पारता टोलस्थित सिँचाइ नहरमा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको कलैया उपमहानगरपालिका–२७ का वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिनुभयो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान अघि बढाएको छ ।






प्रतिक्रिया राख्नुहोस्