दैलेखका स्थानीय तहको बेरुजु ३ अर्ब ४३ करोड भन्दा बढी

दैलेख । दैलेखका स्थानीय तहको बेरुजु वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा दैलेखका स्थानीय तहको बेरुजु ३ अर्ब ४३ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
यहाँका स्थानीय तहले अनियमित तवरले उक्त रकम खर्च गरेको महालेखको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दैलेखका ४ नगरपालिका ७ गाउँपालिका गरी ११ स्थानीय तहको अद्यावधिक बेरुजू ३ अर्ब ४३ करोड ८२ लाख ८ हजार रहेको छ ।
दैलेखका ११ स्थानीय तह मध्ये सबैभन्दा धेरै बेरुजु आठवीस नगरपालिकाको र सबैभन्दा कम बेरुजु भगवतीमाई गाउँपालिकाको रहेको छ । आठवीस नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्मको अद्यावधिक बेरुजु रकम ५८ करोड ३५ लाख १ हजार रहेको छ । जुन दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये आठवीसका सबैभन्दा धेरै हो । यस्तै सबैभन्दा कम भगवतीमाई गाउँपालिकाको बेरुजु रहेको छ । भगवतीमाईको बेरुजु १३ करोड ८१ लाख ८७ हजार रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्