ब्रिटिस दूतावासमा ‘अपाङ्गता समावेशी साझेदारी’ विषयक कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपालमा अपाङ्गता समावेशी विकासलाई सुदृढ बनाउन दातृ निकाय र अपाङ्गता अधिकार संस्थाहरूबिचको विशेष बैठक ‘Building Inclusive Partnerships’ आज काठमाडौँस्थित ब्रिटिस दूतावास, लैनचौरमा सम्पन्न भएको छ। संयुक्त रूपमा British Embassy Kathmandu, Australian Aid, NFDN, CBM Global, र Handicap International को सहकार्यमा आयोजना गरिएको थियो।

“Fostering disability inclusive societies for advancing social progress” भन्ने मूल विषयका साथ आयोजित कार्यक्रममा विकास साझेदार, कूटनीतिक प्रतिनिधि, बहुपक्षीय निकाय, र अपाङ्गता क्षेत्रका नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
NFDN अध्यक्ष देविदत्त आचार्याद्धारा नेपालमा अपाङ्गता समावेशनको अवस्थामाथि प्रस्तुति कार्यक्रममा Ms, Pipa Bird , development director of British Embassy राष्ट्रिय अपाङ्ग महासङ्घ (NFDN) का अध्यक्षले नेपालमा अपाङ्गता समावेशनको वर्तमान स्थिति, चुनौती, अवसर तथा सरकारी–गैरसरकारी तहमा आवश्यक सुधारका उपायहरूबारे विस्तृत प्रस्तुति दिनुभयो ।
उहाँले नीति तथा कानुनी संरचना बलियो भए पनि कार्यान्वयन, पहुँच, सूचनाको उपलब्धता, रोजगार–शिक्षा तथा राजनीतिक सहभागितामा गम्भीर अन्तर रहेको उल्लेख गर्दै दातृ निकायको दीर्घकालीन साझेदारी अपरिहार्य रहेको बताउनुभयो।
उच्चस्तरीय प्यानल छलफल
कार्यक्रममा प्रतिमा गुरुङ, डा .विरेन्द्रराज पोखरेल लगायतका राष्ट्रिय अपाङ्गता अधिकार नेतृत्वकर्ताहरू सहभागी प्यानलकाे छलफल समेत भएकाे थियो।
प्यानलिस्टहरूले नेपालको विकास सहकार्यमा अपाङ्गता समावेशनले पाएको स्थान, व्यवहारिक चुनौती, स्थानीय तहको वास्तविकता, तथा CRPD को धारा ३०—संस्कृति, खेलकुद, मनोरञ्जन र सामाजिक सहभागिता—लाई व्यवहारमा उतार्न आवश्यक नीति–स्तरका समायोजनबारे गहन विचार विमर्श भएको थियो ।

सहभागिहरुले दातृ निकायलाई—
• कार्यक्रम डिजाइनको प्रारम्भिक चरणमै OPD–साझेदारी अनिवार्य गर्न,
• सबै सार्वजनिक कार्यक्रममा सुगमता मापदण्ड लागू गर्न,
• तथा ‘अपाङ्गता–मैत्री अनुगमन संयन्त्र’ बनाउन सुझाव दिएका छन् ।
दातृ निकायहरूको प्रतिबद्धता
ब्रिटिस दूतावास, अष्ट्रेलियन दूतावास तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले अपाङ्गता समावेशी विकासमा आफूहरूको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै, भविष्यमा संयुक्त परियोजनाहरू—जस्तै समावेशी सांस्कृतिक कार्यक्रम, पारा–स्पोर्ट्स तथा सुगम पर्यटन (Accessible Tourism)—मा सहकार्यका सम्भावना खुला रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्