तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ अङ्कले बढेर ४५९ दशमलव १७ अङ्कमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कूल ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर रु छ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा खरिद बिक्री भएको छ । मङ्गलवार कूल रु पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये वित्त, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र निर्जिवन बिमा समूहका उपसूचक घटेका छन् । त्यसबाहेकका अरू उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको शेयर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

साथै सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेड, रिभरफल्स पावर लिमिटेड र माहूली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढिले कमाएका छन् । आजको कारोबारमा बोटलर्स नेपाल ९बालाजु०का लगानीकर्ताले शेयर मूल्यमा तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button