तपाईँ सुन्दै हुनुहुन्छः

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गरिरहेको छ ।

एनपिएलः ब्याटिङ गर्दै काठमाडौँ गोर्खाज काठमाडौँ, ९ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः किरणराज विष्ट÷रासस

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button