तपाईँ सुन्दै हुनुहुन्छः

अछाम जिल्लाका १० वटै पालिकामा पशुपंक्षिका लागि पूर्ण खोप अभियान सुरु

अछाम । अछाममा पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजनामा  पशुपंक्षिमा लगाइने विभिन्न खोपहरू अन्तर्गत (पि.पि.आर,खोरेत, एच.एस.एण्ड वि.क्यू, रानिखेत, बङ्गुरको हैजा तथा अन्य रोग विरुद्ध ) गाई,भैँसी,भेडा, बाख्रा र पशुपंक्षिमा खोप कार्यक्रम अभियानकै रुपमा सुरु गरिएको हो । 

अछामका दश वटै पालिकामा शुक्रबार देखि अभियान सुरु भएको नेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मङ्गलसेन अछामका सूचना अधिकारी ज्ञान बहादुर थापाले जानकारी दिनुभयो । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभियान सुरु गरिएको थापाले जानकारी दिनुभयो । खोप लगाउने जनशक्ति भ्याक्सिनेटर यश अघिनै नियुक्त गरि सकिएको छ । किसानहरुले पालेको गाईवस्तुहरुलाई निरोगी राख्न खोप अभियान सुरु गरिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

शुक्रबार पालिका स्तरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजनागरि खोप अभियानको शुभारम्भ गरिएको बताइएको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागू गरिएको खोप कार्यक्रमले अछाम जिल्लाका किसान खुसी भएका छन् । यस खोप बाट पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने विज्ञहरुले बताएका छन् । यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामको आयोजना तथा पशुसेवा शाखा मङ्गलसेनको समन्वयमा मङ्गलसेन नगरपालिकाको वडा न ३ लाछीमनामा एक कार्यक्रमको आयोजनागरि अभियान सुरु गरिएको पशुसेवा शाखा मङ्गलसेनका प्राविधिक दुर्गा प्रसाद जैशीले जानकारी दिनुभयो ।

खोप लगाउने स्थानमा आएर कृषकहरूले आफूले पालेका गाई वस्तुहरू लिएर आई खोप लगाएका छन् । यसरी आफ्नै गाउँघरमा आएर पशु प्राविधिकहरूले खोप लगाइदिएपछि किसानहरु पनि खुसी भएका छन् । यही खोपका लागि टाढा जानुपर्ने बाध्यता थियो विज्ञ सहित प्राविधिक घरमै आएर खोप लगाई दिएपछि आफूलाई धेरै कुरामा सहज भएको मङ्गलसेन ३ का किसानहरुले खुसी व्यक्त गरेका छन् । यो हामी सबै किसानका लागि राम्रो हो निःशुल्क रुपमा गोरुले खोप पाएपछि आफ्ना गाईगोरुलाई रोग नलाग्ने भन्दै ढुक्क समेत भएका छन् । अछाम जिल्लाका १० वटै पालिकामा रहेका ९१ वटै वडामा यो अभियान सुरु हुने भएको छ ।

जिल्लाभरि रहेका सबै किसानका घरमा पुगेर खोप लगाउने कार्यक्रम तय भएको जिल्ला पशुसेवा विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख बालमिकी जोशीले जानकारी दिनुभयो । मङ्गलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहेका थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले यो कार्यक्रम किसानहरूका लागि निकै राम्रो भएको बताउनुभयो । विकट क्षेत्रका किसानहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेपछि लाखौँ किसानहरु लाभान्वित हुने अपेक्षा गर्नुभयो ।

पछिल्लो समयमा किसानहरुपनी अल्छी हुँदै गएको भन्दै नगर प्रमुख बोहराले पशुपालनबाट राम्रो आम्दानी हुने भएपनी पशुपालन व्यवसाय छोड्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर शाहले पहाडी क्षेत्रका अधिकांश स्थानीयहरू कृषि पेसामै आवद्ध हुने भएकाले उनीहरुलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकामा एकैसाथ खोप अभियान सुरु गरेको बताउनु भयो ।

विकट क्षेत्रका किसानहरु खोपको सहज सुविधापनि नपाउने र केन्द्र सम्म जाँदा ठुलो आर्थिकभार पर्ने भएकाले कृषि व्यवसाय गरिरहेका किसानको सहजताका लागि कार्यक्रम सुरुवात गरिएको उहाँको भनाई छ । । उद्घाटन कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख बालमीकी प्रसाद जोशी, पशु चिकित्सक दुर्गा आचार्य, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ज्ञान बहादुर थापा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button