तपाईँ सुन्दै हुनुहुन्छः

मतदाताको उमेरको निर्दिष्ट समय निर्धारण

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताउनुभयो । 

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button