पाटन बसपार्क सञ्चालनमा ढिलाइ, सेवाग्राही समस्यामा
बैतडी। बैतडीको पाटन बजारमा निर्माणाधीन बसपार्क सञ्चालनमा नआउँदा यातायात व्यवसायीहरू मर्कामा परेका छन् ।
पाटनबाट पञ्चेश्वर, दार्चुला, बझाङ, डडेल्धुरा र राजधानी काठमाडौँ सम्म यातायात सञ्चालन गर्ने उद्देश्यले १० वर्ष अगाडी निर्माण कार्य सुरु गरिएको बसपार्क अझैँ सञ्चालनमा सकेको छैन।
मध्यपहाडी लोकमार्गको १० वटा नयाँ सहर मध्येको पाटन नयाँ सहर आयोजना कार्यालयले हाल सम्म करिब रु. ३ करोड खर्च गरी सके पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा सञ्चालनमा आउन नसकेको प्राविधिक दिनेश ऐरले बताउनुभयो । ठेकेदारहरूले कम दर रेटमा ठेक्का लिने र लक्ष्य अनुसारको निर्माण कार्य समयमै निर्माण नगर्दा अझै रु. ५० लाख बराबरको निर्माण कार्य बाँकी रहेको उहाँले बताउनुभयो ।
टिकट काउन्टर, शौचालय र प्रतीक्षालय समेत निर्माण भईसकेपनि पार्किङ स्थलको निर्माण सम्पन्न हुन नसक्दा यातायात व्यवसायीहरूले गुनासो गर्ने गरेको बजार व्यवस्थापन समिति पाटनका अध्यक्ष खेमराज भट्टले बताउनुभयो
हाल मध्य पहाडी लोकमार्ग भएर दैनिक दुई दर्जन जति विद्युतीय गाडीहरू ओहोर दोहोर गर्ने गरेकाले बसपार्क सञ्चालन गरी स्थानीय तहले चार्जीङ स्टेसन राख्नु पर्ने उहाँले बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्