तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १३ नयाँ मतदान केन्द्र थप, ४ केन्द्र स्थानान्तरण सिफारिस

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा १३ वटा नयाँ मतदान केन्द्र थप गरिएका छन् भने ४ ओटा केन्द्र स्थानान्तरण गर्न सिफारिस गरिएको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लाका चार स्थानीय तहमा आवश्यकताका आधारमा नयाँ मतदान केन्द्र थप्नुपर्ने बताउँदै निर्वाचन आयोगमा सिफारिस गरेको हो।

कार्यालयका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा २ र वडा नम्बर ३ मा थप २ वटा मतदान केन्द्र सिफारिस गरिएको छ। त्यस्तै हिमाली गाउँपालिका–१ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्रको सिफारिस गरिएको छ।

यसबाहेक त्रिवेणी नगरपालिका–८ मा २ वटा र बुढीनन्दा नगरपालिका–३ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

साथै, बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का हालका मतदान केन्द्रहरू सम्बन्धित वडा कार्यालयमा स्थानान्तरण गर्न पनि आयोगमा प्रस्ताव गरिएको छ।

हाल बाजुरामा ७० मतदान स्थल र १सय १२ मतदान केन्द्र रहेका छन्। भने जिल्लामा ८६ हजारभन्दा बढी मतदाता रहेको कार्यालयले जनाएको छ। करिब २२ दिनको अवधिमा मात्र ८८ महिला र १सय ३३ पुरुष गरी २ सय २१ जना नयाँ मतदाता दर्ता भएका छन्। कात्तिक २ गते १० जना थप मतदाता दर्ता भएका थिए।

जेनजी पुस्तालाई लक्षित गर्दै असोज १० गतेदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलन कात्तिक मसान्तसम्म रहने भनिएको भए पनि उत्साहजनक सहभागिता देखिएकाले निर्वाचन आयोगले म्याद बढाई मंसिर ५ गते अर्थात् आज सम्म नामावली सङ्कलन गर्ने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button