तपाईँ सुन्दै हुनुहुन्छः

बारामा स्थानीय प्रशासनद्वारा पुन: ‘कर्फ्यु’ जारी

बारा । बाराको सिमरामा जेन्जीले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो । 

आज पनि बिहानैदेखि सिमरा चोकमा जेनजीले पुनः प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’लगाएको हो । प्रजिअ मिश्रले जेनजीलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button