तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः  रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत लिएका रवि  ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए ।  इङ्ल्यान्डका रवि दोस्रोपटक पनि चितवनबाट एनपिएल खेल्दैछन् ।

यो खेल चितवनले कर्णालीलाई चार विकेटले हरायो ।

यसअगाडि यो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियाङ्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । 

पहिलो अर्धशतक भने जनकपुर  बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button