तपाईँ सुन्दै हुनुहुन्छः

आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी

काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् । 

उनले काठमाडौँ गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए । 

टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button