तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना प्रदेश सभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश भएको हो ।

सभामुख मण्डलले गत कार्तिक २७ गते जनता समाजवादी पार्टी नेपालका प्रत्यक्षतर्फ निर्वाचित ३ जना सहित ४ र नागरिक उन्मुक्ति पार्टीका १ जना गरि पाँच प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्नुभएको थियो ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्यहरू मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र सारदा शङ्कर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई प्रदेश सभाको बैठकमा लगातार १० दिन अनुपस्थित रहेको भन्दै पदमुक्त गरिएको थियो ।

सभामुखको निर्णयविरुद्ध पदमुक्त भएका प्रदेश सभाका सदस्यहरूले सर्वोच्चमा अदालतमा रिट दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button