‘महाधिवेशनको मिति तय गरी एक ढिक्का भएर जानुपर्छ’
भक्तपुर । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३ औँ पूर्ण बैठक एवं प्रदेश सभा संसदीय दलको संयुक्त बैठक आज भक्तपुरको नगरकोटमा सुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले काँग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै सर्वसम्मति वा अधिकतम सहमतिमा महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कायकर्तामा अन्योैलता छाएको उहाँले बताउनुभयो ।
पार्टीको केन्द्रीय बैठकमा पनि महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर काँग्रेसको अस्तित्व सिद्धिने बताउनुभयो । काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिँदै काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरूको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा संयोजक कृष्णलाल भडेँलले पार्टी एकतालाई खल्बल्याउने गरि जान नहुने बताउँदै उहाँले महाधिवेशनमा जानु अगाडि पार्टी भित्रका सबै विवादलाई टुङ्गाएर जानुपर्ने बताउनुभयो ।
बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरू, गरि १८० जनाको सहभागिता रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्