तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा रासायनिक मलको अभाव, किसान आक्रोशित

नेपालगञ्ज। बाँकेमा पछिल्ला दिनहरूमा रासायनिक मलको अभाव गहिरिँदै गएको छ। गहुँ बालीका लागि आवश्यक मल नपाउँदा किसान आक्रोशित भएका छन्।

जिल्ला सहकारी सङ्घ लगायत मल वितरण गर्ने विभिन्न सहकारीहरूमा दिनहुँ किसानहरूको भिड लागिरहेको छ । तर, दिनभर लाइन बसेर साँझ रित्तै हात फर्किनुपर्दा किसान निराश बनेका छन् । युरिया मल नपाउँदा आफूहरू तनावमा रहेको किसानहरूको गुनासो छ । डिएपी पाए पनि युरियाको चरम अभाव देखिएको छ । युरियाको खोजीमा किसान भौँतारिरहेका छन् । 

नेपालगञ्ज १३ उदयपुरका किसान सुक्बिन्दर सिंहले समयमै युरिया नपाउँदा धान बाली पनि राम्रो नभएको पीडा सुनाउँदै गहुँका लागि पनि युरिया नपाएपछि अब बाली कसरी राम्रो हुन्छ भन्ने प्रश्न गर्नुहुन्छ । जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले किसानको माग भन्दा आफूहरूसँग स्टक कम भएपछि समस्या देखिएको बताउनुभयो । जिल्ला सहकारी सङ्घमा बुधवार किसानहरूको धेरै भिड बढेपछि बिहीबार बाँड्ने गरी मल वितरण रोकिएको थियो । तर, किसानहरूले आफूहरूलाई बिहान १० बजे बोलाएर चारै बजेदेखि मल वितरण गरेर बदमासी गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button