तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका-१ भासी साईफन नहर नजिकबाट वेदकोट  नगरपालिका-८ का २० वर्षीय रबिन्द्र महरालाई करिब १ सय ८० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट वेदकोट नगरपालिका-६ का २५ वर्षीय अमित रानालाई करिब १ ग्राम ८ सय २० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो ।

त्यसैगरी, बेलौरी नगरपालिका=१० भुडाबाट बेलडाँडी गाउँपालिका-३ सिसमडाँडीका २५ वर्षीय योगेश रानालाई करिब ३ ग्राम ५ सय २० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button