प्रम कार्कीद्वारा दिल्लीमा भएको विस्फोटप्रति दु:ख व्यक्त
काठमाडाैँ। दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले दुःख व्यक्त गर्नुभएको हो।
उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेख्नुभएको छ , ‘हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’
सोमबार बेलुका भएको विस्फोटमा ९ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।








प्रतिक्रिया राख्नुहोस्