एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गर्ने भएको छ ।
आगामी मङ्सिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी ‘संसदीय दल’को बैठक आह्वान गरिएको नेता महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुलुकमा विकसित राजनीतिक घटनाक्रमसहित लोकतान्त्रिक र संवैधानिक निकासका लागि परामर्श गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्