तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकासहित १० वटा वटा भवनमा रातो स्टिकर 

चितवन । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा परेका भरतपुर महानगरको मातहतमा रहेका ६ वटा वडा कार्यालयसहित १० वटा भवनमा ‘रातो स्टिकर’ लगाइएको छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका भरतपुर महानगरको प्रशासनिक भवनसहित ४ वटा र ६ वटा वडा कार्यालयमा रातो स्टिकर लगाइएको छ ।

भरतपुर महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरको प्रशासनिक भवन, शिक्षा, राजस्व र योजना शाखा रहेको भवन आगजनीका कारण रातो स्टिकर लगाइएको छ । यस्तै, वडा कार्यालयहरू ३, ६, १५, १७, १९ र ७ नं वडाको अगाडिको भवनमा रातो स्टिकर लगाइएको छ ।

रातो स्टिकर लगाइएको भवन तत्काल बस्न अयोग्य ठहरिन्छ । जसका कारण रातो स्टिकर लगाएका भवनबाट वडा कार्यालयहरूले काम गरेका छैनन् । भरतपुर महानगरका रातो स्टिकर लगाइएका शिक्षा र राजस्वको भवनबाट काम गरिएको छैन ।

यस्तै, भरतपुर महानगरका वडाहरू ४, १०, १३, २१, २३ र २४ मा पहेँलो स्टिकर लगाएको छ । यी वडाहरूमा मर्मत कार्य चलिरहेको छ । पहेँलो स्टिकर लगाइएको भवनमा सामान्य मर्मत गरेर बस्न सकिने इन्जिनियरहरूको भनाइ छ । महानगरका पहेँलो स्टिकर लगाएका सबै वडाले सोही भवनबाट सेवा दिइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button