तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

भद्रपुर, झापा । विभागीय टोली नेपाल पुलिस क्लब झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । ७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउवाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै गोल गरिन् । खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।

पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button