अफगानिस्तानमा महिला कर्मचारीहरूलाई कार्य अनुमति नदिएको भन्दै संयुक्त राष्ट्रसङ्घीय मिसनद्वारा सीमा सेवाहरू स्थगित
काबुल,अफगानिस्तान । अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमति नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीहरूका लागि निर्धारित सबै सेवाहरू स्थगित गरेको घोषणा गरेको छ ।
सेवा स्थगितको घोषण गर्दै युएनएएमएले इरानबाट फर्केका शरणार्थीहरूमा अधिकांश महिला तथा बालबालिका रहेकाले महिला कर्मचारीबिना आवश्यक सेवाहरू प्रदान गर्न सम्भव नभएको बताएको छ ।
संयुक्त राष्ट्र सङ्घले जारी गरेको विज्ञप्तिमा, “इस्लाम कालाबाट फर्केका ६०५ भन्दा बढी महिला र बालबालिका रहेको तथा हरेक दस परिवार मध्ये तीनको नेतृत्व महिलाहरूद्वारा गरिएकाले महिला कर्मचारी बिना, महिला र बालबालिकाको सेवा गर्न नसक्ने उल्लेख गरिएको छ ।
यसैबीच, इरानबाट निर्वासितहरुले आफूहरूको गम्भीर आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मानवीय सहायतालाई राजनीतिक औजारको रूपमा प्रयोग नगर्न आह्वान गरेका छन् ।
धेरै नागरिक र नागरिक समाजका कार्यकर्ताहरूले मानवीय सहायतालाई राजनीतिकरण गर्न नहुने कुरामा जोड दिएका छन् ।
निर्वासितहरुलाई उदृत गर्दै इरानबाट निर्वासित अफगानहरूलाई तत्काल सहयोगको आवश्यकता रहेकोले संयुक्त राष्ट्र सङ्घ र अन्य मानवीय संस्थाहरूबाट तुरुन्तै इस्लाम काला सीमामा पुनः सहयोग सुरु गर्नुपर्ने अवस्था रहेको टोलो न्युजले जनाएको छ ।
नागरिक समाजका कार्यकर्ता सैयद अशरफ सादतले “इस्लाम काला सीमामा फिर्ती प्रक्रियालाई सहज बनाउन राहत एजेन्सीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै तिनीहरूको सहायता स्थगित गर्दा फर्कनेहरू जोखिमा पर्ने बताउनु भएको छ ।
पछिल्लो समयमा, इस्लाम काला सीमा हुँदै लगभग १।२ मिलियन अफगान आप्रवासीहरू इरानबाट फर्केको जनाइएको छ । रासस/एएनआई







प्रतिक्रिया राख्नुहोस्