तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा बगेकी बालिकाको सकुशल उद्धार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीया बालिकाको उद्धार गरिएको छ । आज अपराह्न खोलामा नुहाउने क्रममा एक्कासि बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।

एक्कासि खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताउनुभयो । बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई सकुशल उद्धार गरिएको उहाँको भनाइ छ ।

आफ्नो ज्यानको परवाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button