भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको सबैले अनुभूत गर्ने गरी कार्य गर्न सम्बद्ध मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सचिवहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहको आम नागरिकले अनुभूत गर्ने गरी सुधार ल्याउन सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरेर कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
यस्तै प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरण सुधारमा आवश्यक सहजीकरण र सहकार्य गर्न पनि निर्देशन गर्नुभयो ।

छलफलपछि प्रधानमन्त्री कार्कीले क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन, सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवाको व्यवस्था गर्न पनि सम्बद्ध सचिवहरूलाई निर्देशन गर्नुभएको हो ।
यस्तै प्रधानमन्त्री कार्कीले निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्न, कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी पारदर्शी र न्यायोचित बनाउन र तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।
उहाँले निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारी र कार्यहरूलाई चुस्त रूपमा सम्पादन गर्न र अनावश्यक देखिएका संरचना खारेजी, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई उच्च उत्पादकत्वयुक्त बनाउने कार्य प्रारम्भ गर्न समेत सम्बद्ध विषयगत मन्त्रालयका सचिवहरूलाई निर्देशन गर्नुभएको छ ।
प्रधानमन्त्रीले दिनुभएको निर्देशनको पूर्णपाठ:








प्रतिक्रिया राख्नुहोस्