आजबाट दैनिक १ हजार जनाले मात्र राहदानी पाउने
काठमाडौँ । ठेक्का प्रक्रियामा ढिलाइ भएपछि राहदानी पुस्तिका अभाव हुने स्थिति सिर्जना भएको छ। राहदानी विभागले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दैनिक (सार्वजनिक बिदा बाहेक) अधिकतम १,००० राहदानी मात्र वितरण गर्ने जनाएको छ।
विभागका अनुसार नयाँ आपूर्तिकर्तासँग गत साउनमा सम्झौता भइसकेको छ र आगामी फागुन ११ देखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने तयारी भइरहेको छ। तर हालको आपूर्तिकर्तासँग ह्यान्डओभर–टेकओभर प्रक्रिया, सीमित पुस्तिका र बढी मागका कारण वितरणमा समस्या आएको विभागले स्पष्ट गरेको छ।
विभागले अत्यावश्यक सेवाग्राही मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गर्दै अनधिकृत व्यक्तिको भर नपर्न तथा ठगीबाट सावधान रहन आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्