सिस्नेरी सडकखण्डमा पहिरो, आवागमन पूर्ण रूपमा अवरुद्ध
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा निरन्तर वर्षाका कारण ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मकवानपुर प्रहरीका अनुसार आज साँझ ५:१५ बजे सडक खण्डमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो खसेको स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्छ ।
सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको भए पनि पहिरो निरन्तर झरिरहेको कारण तत्काल सडक खुलाउने अवस्था नरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सो मार्गमा यात्रा नगर्न र सर्वसाधारणलाई हालका लागि फाखेल मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।








प्रतिक्रिया राख्नुहोस्