पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गर्नुभएको हो ।
“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष ओलीले लेख्नुभएको छ ।
उहाँले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्